भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

चुनाव केन्द्रीत दलहरु गाउँमा होमिए

चुनाव केन्द्रीत दलहरु गाउँमा होमिए

काठमाडौं । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि दलहरु छलफल तथा प्रशिक्षण कार्यक्रममा केन्द्रीत भएका छन् । नेता र कार्यकर्ताले मतदातासित भेटघाट बाक्लो बनाउँदै गएका छन् ।

राजनैतिक दल चुनाव केन्द्रीत भएपछि गाउँमा गतिविधि बढ्दै गएका छन् । निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न दलहरुले कसरत गरेपनि जनता भने यसपाली फटाहाहरुलाई तह लगाउने दाउमा छन् ।जिल्ला स्तरीय तथा वडास्तरीय सभा, समारोहमा व्यस्त ठूला दललाई कतै लखेटेका छन्

त कतै सवक सिकाउन जनता लागि परेका छन् । नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरेर विभिन्न कार्यक्रम आयोजना गरेको छ भने माओवादी केन्द्रले गर्ने तयारी थालेको छ ।

यस्तै नेकपा एमाले, नेकपा एस, समाजवादी, जनता समाजवादी, नेपाल मजदुर किसान पार्टीलगायत सबै दलहरु यसपालि चुनावमा हाम्रा लाई होइन राम्रालाई छान्नु पर्ने दाउमा छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संयोजक रवि लामिछानेले पनि देशभर कार्यक्रमको आयोजना गरी स्वतन्त्रलाई जिताउने अभियान थालेका छन् ।

 


Thali Mobile Pvt.Ltd.