चुनाव जितेपछि सोविताले भनिन्, ‘परिवर्तनको सुरुवात भइसक्यो’ (भिडियोसहित)

चुनाव जितेपछि सोविताले भनिन्, ‘परिवर्तनको सुरुवात भइसक्यो’ (भिडियोसहित)

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधि सभा सदस्य सोविता गौतमले परिवर्तनको सुरुवात भएको बताएकी छन् ।

निर्वाचित बनेपछि सञ्चारकर्मीसँग एक कार्यक्रमकाबीच उनले परिवर्तनको सुरुवात भइसकेको बताएकी हुन ।

देशमा युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने भन्दै अबको ५ वर्ष देशमा परिवर्तनको ढोका खुल्ने अभिव्यक्ति दिइन् ।

प्रदेशको अहिलेको संरचनालाई सुधार गर्नुपर्ने आवश्यकता औंल्याउदै युवा पुस्ताहरु अवसरको खोजी गर्दै विदेश धाउनुपर्ने अवस्था आउन नदिने बताइन् ।

जिम्मेवारी बहन गर्न आफू हर क्षेत्रबाट सक्षम रहेको भन्दै गौतमले गर्व गर्न लायक काम गरेर देखाउने प्रतिवद्धता जनाइन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

 


Thali Mobile Pvt.Ltd.