भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

चुनावमा उम्मेदवारी दिन राजीनामा दिनुपर्ने

चुनावमा उम्मेदवारी दिन राजीनामा दिनुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन सम्बन्धी एउटा रिट खारेज गरिदिएको छ । जनप्रतिनिधिले फेरि स्थानीय तहको चुनावमा उम्मेदवारी दिन राजीनामा दिनुपर्ने आचारसंहिताको व्यवस्थाविरूद्ध रिट सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।

स्थानीय तह निर्वाचन २०७९ को सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले रिट दिएका थिए। आचारसंहिताको परिच्छेद ९ को धारा ३६ मा बहालवाला जनप्रतिनिधि, सरकारको पारिश्रमिक लिने व्यक्तिले राजीनामा दिनुपर्ने भन्ने उल्लेख भएबामो जिम आचारसंहिताको विषयमा परेको रिट खारेज गर्दै सर्वोच्च अदालतले जनप्रतिनिधिले फेरि चुनावमा उम्मेदवारी दिन राजीनामा दिनुपर्ने व्यवस्थालाई कायम राखेको हो ।

रिट पर्नासाथ सर्वोच्च उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न भनेको थियो। आयोगले सर्वोच्चको उक्त आदेशपछि राजीनामा नमाग्ने तर सरकारी सेवासुविधा भत्ता नलिएको स्वघोषणा गर्नुपर्ने जनाएको थियो। न्यायाधीश तेजप्रसाद केसी र तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार रिट खारेज गर्ने फैसला गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.