भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

जगाती दुर्घटनामा एकको मृत्यु

जगाती दुर्घटनामा एकको मृत्यु

भक्तपुर । सुर्यविनायक–८ जगाती आदर्श नजिकै मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सुर्यविनायक तर्फ आउदै गरेको बाग्मती प्रदेश –०२–०२३ प २८५९ नं को मोटरसाइकल र सूर्यविनायकबाट जाँदै गरेको प्रदेश नं ३ –०२–००२ प ६९३ नं को मोटरसाइकल एक आपसमा ठोक्किदा पछाडि सवार एकको मृत्यु भएको हो ।

काभ्रेको बनेपा नगरपालिका वडा नं. २ घिमिरेगाउँ बस्ने वर्ष २५ की नविना काफ्ले घिमिरेको घटनास्थलमा नै मृत्यु भएको जगाती प्रहरीको भनाइ छ ।

घटनामा दुबै चालक घाइते भएका छन् । मोटरसाइकल अनियन्त्रित भई सुर्यविनायकबाट जागाती तर्फ आउदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २४११ नं को टेलर गाडीमा समेत ठक्कर खाएको हो ।

बनेपा २ घिमिरे गाँउ बस्ने वर्ष ३० को किरण घिमिरे हातको पञ्जामा र दाहिने खुट्टाको थाई र पिडौलामा भित्री चोटलागेको छ उनको अवस्था सामान्य रहेको छ भने ।राति दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जगाती प्रहरीले जनाएको छ ।

अरनिको राजमार्ग अन्तर्गत आदर्श बसस्टपसँगैको पेट्रोल पम्प नजिक दुर्घटना भएको हो । प्रदेश नं ३ –०२–००२ प ६९३ नं को मोटरसाइकल अनियन्त्रित भई सूर्य विनायकबाट जागातीतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २४११ नं को टेलर गाडीमा समेत ठक्कर खाई सवारी दुर्घटना भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

परिसरका एसपी प्रजित केसीका अनुसार दुवै मोटरसाइकल चालकहरू घाइते भएका छन् । अवस्था सामान्य रहेका उनीहरूको उपचार मध्यपुर अस्पताल ठिमीमा भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.