भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु

चितवन । एक वर्षको तथ्याङ हेर्दा २०७९–०८० मा जङ्गली जनावरको आक्रमणबाट १२ जनाले ज्यान गुमाएका छन् । बाघ र गैँडाको आक्रमणबाट पाँच–पाँच जना रहेका छन् भने हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

जङ्गली जनावरको आक्रमणका कारण गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ जना रहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । मृतकका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गरिएको,

गम्भीर घाइते भएका ३१ जनाको परिवारलाई उपचार खर्चस्वरुप ३२ लाख ८० हजार १७ रुपैयाँ प्रदान गरिएको र सामान्य घाइते २७ जनाको परिवारलाई चार लाख २७ हजार एक सय २८ रुपैयाँ उपचार खर्चबापत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

हात्तीको आक्रमणबाट १७, गैँडाको आक्रमणबाट २१, बाघको आक्रमणबाट सात, भालुको आक्रमणबाट सात, जङ्गली बदेलको आक्रमणबाट ६ जना घाइते भएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

 


Thali Mobile Pvt.Ltd.