भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत |

जनताको पक्षमा नेमकिपा बाहेक अरु कुनै राजनीतिक दल छैन : सांसद गोसाई

जनताको पक्षमा नेमकिपा बाहेक अरु कुनै राजनीतिक दल छैन : सांसद गोसाई

हेटौडा । नेपाल मजदुर किसान पार्टीका बागमती प्रदेश सभामा सदस्य सुरेन्द्रराज गोसाईले देश र जनताको पक्षमा निरन्तर लडने पार्टी नेमकिपा मात्रै भएको बताएका छन्।

शुक्रबार सम्पन्न बागमती प्रदेश सभाको सभामुख निर्वाचनपछि प्रतिक्रिया दिदै सांसद गोसाईले जनताको पक्षमा निरन्तर संर्घष गर्ने पार्टी नेमकिपा मात्रै भएको बताएका हुन ।

उनले बागमती प्रदेश सभामा संघीयता खारेज गर्ने माग गरिरहेको राप्रपका उम्मेदवारलाई सभामुखमा निर्वाचित गराउनुमा पनि गठबन्धनधारी दलहरुको चरित्र उदाङगीएको प्रतिक्रिया दिए ।

सांसद गोसाइले नेमकिपाले स्वच्छ प्रजातान्त्रिक अभ्यास गरिरहेकाले अरु दलले विचार र सिद्धान्त त्याग्दैमा नेमकिपाले प्रतिगमन विरुद्धको आन्दोलनलाई नछोड्ने बताउदै नेपाली जनताले नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका राजनीतिक दलको गतिविधिबारे बुझनुपर्ने बताए ।

शुक्रबार सम्पन्न बागमती प्रदेश सभाको सभामुख निर्वाचनमा नेपाल मजदुर किसान पार्टी( नेमकिपा) को तर्फबाट उम्मेदवार सृजना सायजुले तीन मत प्राप्त गरेकी थिइन । १ सय १० मत रहेको प्रदेश सभामा गठबन्धनका उम्मेदवारले ६२ मत प्राप्त गरेका थिए भने विपक्षमा ३९ मत खसेको थियो

 


Thali Mobile Pvt.Ltd.