भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

जनप्रतिनिधिको दबाबमा प्रहरीले बनायो गलत मुचुल्का

जनप्रतिनिधिको दबाबमा प्रहरीले बनायो गलत मुचुल्का

हुम्ला । कपाल मुण्डन गरी दिसा खुवाएर गाउँ घुमाउँदै महिलालाई कुटपिट गरेको घटनामा प्रहरीले गलत मुचुल्का बनाएको छ । जनप्रतिनिधिको दबाबमा दिसा खुवाइएको भन्ने उल्लेख नगरी मुचुल्का बनाइएको हो ।

परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोप लगाउँदै १६ असोजमा हुम्ला सिमकोट–७ की महिलालाई स्थानीय बासिन्दा र जनप्रतिनिधिले कुटपिट गरेका थिए । पीडित महिलाको कपाल मुण्डन गरेर दिसा खुवाएका थिए । खबर पाएपछि गएको प्रहरी टोलीले नै उनलाई उद्धार गरेर सदरमुकाम सिमकोट लगेको थियो । घटनाको तीन दिनपछि १८ असोजमा मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय र धारापोरी प्रहरी चौकीको टोली गाउँमा पुगेको थियो ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिले दबाब दिएपछि प्रहरी टोली गलत मुचुल्का बनाएर फर्किएको स्थानीयले जानकारी दिए । दिसा खुवाएको भन्ने मुचुल्कामा राखेपछि स्थानीयवासीले विरोध गरे, जनप्रतिनिधिले दबाब दिए,’ मुचुल्का बनाउन गएका प्रहरीले नै भने । प्रहरी अधिकृतलाई सिमकोट–७ का वडाध्यक्ष राजबहादुर शाहीलगायत व्यक्तिले दबाब दिएको प्रहरीको भनाइ छ ।

प्रहरीले दिसा खुवाएको विषय नराखेपछि मात्रै वडा सदस्य जयबहादुर शाहीले मुचुल्कामा हस्ताक्षर गरेका थिए । वडाध्यक्ष शाहीले भने त्यसमा पनि हस्ताक्षर गर्न नमानेको ती प्रहरीले बताए । जिल्ला प्रहरी प्रमुख डिएसपी सूर्यप्रकाश सुवेदीले पनि दिसा खुवाएको विषय मुचुल्कामा राख्न नसकिएको स्वीकारेका छन् ।

 


Thali Mobile Pvt.Ltd.