भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

जनस्वस्थ्यमा खेलवाडः अवैध क्लिनिक चलाउने ४ जना पक्राउ

जनस्वस्थ्यमा खेलवाडः अवैध क्लिनिक चलाउने ४ जना पक्राउ

धनगढी । अवैध रूपमा क्लिनिक सञ्चालन गरेका चार जना पक्राउ परेका छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका २ र ३ बाट अवैध मेडिकल सञ्चालन गरिरहेका चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालन २५ वर्षीय नवीन धामी, वडा नम्बर ३ मै सञ्चालन गरिएको फारवेष्ट प्याथोलिजीका ३३ वर्षीय दिपक महरा

र वडा नम्बर २ मा रहेको रेस्मी क्लिनिक फार्मेसीका ७३ वर्षीय गोरख बहादुर श्रेष्ठ रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए ।

प्रचलित कानुनबमोजिम लिनुपर्ने सञ्चालन अनुमति नलिएको देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.