भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्दै माघी पर्व मनाउन प्रधानमन्त्री देउवाको निर्देशन

जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्दै माघी पर्व मनाउन प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । माघी पर्व सामाजिक सद्भावको उदाहरण भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले माघी तथा माघे संक्रान्ति पर्वको शुभकामना सन्देश जारी गरेका छन् । प्रधानमन्त्री देउवाले विशिष्ट पहिचान भएको माघी सामाजिक सद्भावको उदाहरण भएको बताए ।

कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्दै यो पर्व हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका हुन ।

माघी तथा माघे संक्रान्ति पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्नेसमेत विश्वास व्यक्त गर्दै उनले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान हुने बताए । थारु समुदायमा माघी र अन्य समुदायमा माघे संक्रान्ति नामले चिनिने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा मनाइँदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.