भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

जन्मेको एक महिना नपुग्दै दुबै खुट्टा आगोमा जलेकी बच्चीको उपचारमा सहयोग गरिदिन अपिल

जन्मेको एक महिना नपुग्दै दुबै खुट्टा आगोमा जलेकी बच्चीको उपचारमा सहयोग गरिदिन अपिल

काठमाडौं । जन्मेको एक महिना नवित्दै दुबै खुट्टा आगोले जलेर काठमाडौंमा उपचार गराईरहेकी सपना साउदको अहिले उपचारमा समस्या भएको छ । भएको आर्थिक धनसम्पति, जग्गा जमिन बाढीले बगाएर लग्यो । बाढी पीडितलाइ प्रदेश सरकारले सुर्खेत वराहतालमा वस्न लगायो ।

तरंगा ६, सुर्खेतका बाढी पीडित साउदको दुःखमा झन दुःख थपियो । घटना २०७४ को हो । ०७४ कार्तिक ११ गते जन्मिएकी सपना साउदकाे ०७४ मंसिर १२ गते हिटरबाट सल्किएको आगोमा परेर दुबै खुट्टा जले । संसिर महिनाको चिसोमा छोरी सपनालाई तातो होस भनेर टेबुलमा हिटर बालेर ट्वाइलेट गईन उनकी आमा विमला । ट्वाईलेटबाट फर्किएपछि छोरी जलिरहेको दृश्य उनका आखा अगाडि आयो ।

चिच्याएर बेहोस जस्तै भएकी सपनाकी आमा विमला तत्कालै काममा गएका श्रीमान बालकृष्णलाई बोलाएर उपचारका लागि काठमाडौं दाैडाइन् । एक त बाढी पीडित अर्को त्यसैमा छोरी पोलिदा बालकृष्णलाई झन समस्या भयो । चार महिना मोडल हस्पिटलमा आइसियुमा राखेर उपचार गरियो । निमोनिया र मृगौलामा समस्या देखिएपछि दुई महिना कान्तिबाल अस्पतालमा राखेर उपचार गरियो ।

ऋण गरेर जेनतेन उपचार त भयो । अहिले फेरी सपनाको नसामा समस्या भएको छ । प्लास्टिक सर्जरी गर्नु पर्ने डाक्टरले बताएको सपनाका बुवा बालकृष्ण साउदले बताए । भएको पैसा सबै सकिएको र राती सुत्न नहुने, चिच्याई रहने र खुट्टाको औला बाङ्गीदै गएकोले सपनाको उपचारमा सहयोग गरी जीवन बचाईदिन विमलाले सबै सहयोगी मनहरुलाई अनुरोध गरेकी छन् ।

छोरीको छाला काटेर नै सर्जरी गर्नु पर्ने अवस्था आएको, पोलिएको भागमा मासु पलाउदै गएको र छोरी चिच्याउदा मुकदर्शक हुनु बाहेक विकल्प नभएको भन्दै सपनाकी आमा विमलाले रुदै विलौना पोखिन् । विमलाका श्रीमान अहिले दैनिक ज्याला मजदुरी गरेर पेटपाल्ने र वच्चको उपचारमा सघाइरहेका छन् ।

तर ज्याला गरेर ल्याएको चार पाच सयले कोठा भाडा तिर्ने कि ? उपचार गर्ने कि ? गास जुटाउने समस्यामा परेका छन् । काठमाडौको बागबजारमा कोठा लगेर गुजारा गर्दै आएका साउद परिवारले ८ हजार कोठा भाडा तिरिरहेको बताए । जे भएपनि छोरीको जीवन बचाइदिन साउद परिवारले सबैमा अनुरोध गरेका छन् । सहयोगी मनहरुले ९८४१६१६१०७ मा सम्पर्क गर्न सकिने वालृष्णले बताए ।

 


Thali Mobile Pvt.Ltd.