काठमाडौं ।संबैधानिक परिषद्सम्बन्त्री अध्यादेश पिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच घमाशान टकराव परेपछि प्रधानमन्त्री ओली फिर्ता लिन सहमत भएका हुन । पानी बाराबारको अवस्थामा पुगेका दुई अध्यक्षबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने सहमतिसँगै बालुवाटारमा स्थायी कमिटी बैठक सुरु भएको जनाइएहो छ ।
बालुवाटरमै बसेको स्थायी कमिटी बैठकमा सहभागी नभएका प्राधानमन्त्री केपी शर्मा ओली सहमतीपछि स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । यस अधि अध्यादेश फिर्ता नलिन प्रधामन्त्री केपी शर्मा ओली सहमत नहुने र संसदको विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति निबास पुगेका हस्ताक्षर फिर्ता नलिने अडानमा कार्यकारी अध्यक्ष प्रचण्ड आ–आफ्नो अडानमा दृढ देखिएका थिए ।
अध्यादेश फिर्ता लिने र विशेष अधिवेशनको माग पनि फिर्ता लिने सहमति जुटेपछि स्थायी कमिटी बठक सुचारु भएको सा्रेतको दाबी छ । यस अघि संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका थिए ।
नेकपाका सांसदद्वय भीम रावल र पम्फा भुसाल संघीय संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय शीतल निवास पुगेको सूचना पाएलगत्तै प्रधानमन्त्री ओलीले अर्का प्रचण्डलाई फोन गरेर संसदको विशेष अधिवेशन माग गर्दै शीतल निवास पु¥याइएको हस्ताक्षर तत्काल फिर्ता लिन आग्रह गरेका थिए । टेलिफोनमै दुई अध्यक्षबीच भनाभन समेत भएको स्रोतले जनाएको छ ।
