जमिनमा भूमीहिन किसानको स्वामित्व हुनु पर्छ

जमिनमा भूमीहिन किसानको स्वामित्व हुनु पर्छ

दुई कार्यकाल जिल्ला अध्यक्ष भएर भूमीहिन किसानका पक्षमा लडिरहेकी र निरन्तर सरकारसंग खबरदारी गरेकी भूमीअधिकार मञ्च दाङकी निर्वतमान अध्यक्ष निर्मला विकसंग विविध विषयमा गरिएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

कैलाश खबरमा यहाँलाई स्वागत छ ?
धन्यवाद ।

यहाँको परिचय भन्नु पर्दा ?
मेरो जन्म स्थान दाङ हो । गरिबीका कारण परिवारमा खान लाउन धौ धौ थियोे । बाबा मोही किसान हो । आमा पनि खेतबारीमा काम गर्नु हुन्थ्यो । भोक लाग्दा खाना र जाडो हुदा लगाउने कपडाको पनि समस्या हुने गर्दथ्यो । पढ्न गएर मात्र के गर्नु कापीकलम र खुट्टामा लगाउने चप्पल नै हुदैन थियो । जसका कारण म ११ वर्ष उमेर देखि नै अरुको काम गर्न थाले । सुरु सुरुमा काम गरेवापत १५ रुपियाँ ज्याला पाऐँ । सानो उमेरमा विवाह भयो । घरमा आउँदा पनि पीडा उस्तै । सुकम्वासीमा घर । समस्या धेरै आफ्नो नाममा जग्गा नभएको कस्तो घरमा पो परे छु भनेर पीर लाग्यो । बुझ्दै जादा यसरी एलानी जग्गामा बस्ने अरुको समस्या झन ठुलो रहेछ ।

तपाई अधिकारका क्षेत्रमा कसरी लाग्नु भयो ?
२०६३ सालमा सम्पूर्ण भुमिहिन सुकुम्वासी, मोही, गुठीमा आवद्ध मानिसले दाङ जिल्ला मालपोत कार्यालयमा १९ दिने तालाबन्दी गर्दा भुमीअधिकार मञ्चका कार्यकर्ता सङ भेट भयो । त्यसपछि उनीहरुका कुरा सुनेर आशा पलायो । मञ्चसंग नजिक हुँदै गएँ । त्यसपछि भुमीहिन, मोही र सुकुम्वासीका समस्या बुझेर अगाडी बढेँ । जसले गर्दा आन्दोलनमा निरन्तर लाग्न प्रेरित ग¥यो । फलस्वरूप आन्दोलनबाटै एकातर्फ जनतामा अधिकारका बारेमा छलफल गर्न सक्ने सहास मिल्यो भने अर्कातर्फ सामाजिक अगुवाको रुपमा परिचित बनायो । यसै क्रममा जिल्ला भुमीअधिकार मञ्च दाङको दुई कार्यकाल अध्यक्ष भएर इमानदारी आफ्नो भूमिका निर्वाह गरेँ ।

त्याे अवधिमा के के गर्नु भयो ?
भुमी सम्बन्धी विभिन्न अभियान चलाएँ । जमिन भएकालाई संयुक्त लालपुर्जा दिलाउन सहयोग गरियो । बसोबास तथा जोतभोग प्रमाण पुर्जा बनाउन साबिक गाविसमा समन्वय गरेर सहयोग गरियो । मोही जग्गा बाडफाडका लागि निवेदन दिन, विस्थापित सुकम्वासीलाई पुनस्थापना गराउने अभियानमा दिनरात नभनि काम गरियो । यो कार्य अहिले निरन्तरताकासाथ खटिरहेकी छु ।

कस्तो अनुभव सङगाल्नु भयो त ?
सुकमवासीको समस्या के हुन त ? राज्यले भूमीहिन गरिब, किसानलाई कसरी हेरिरहेको छ ? सामन्त जालिझेलीले गर्दा मानिस कसरी भूमिहिन बन्न पुगे ? निरिह भएर बस्नु भन्दा अधिकारका लागि लड्नु पर्छ भन्ने सिकायो । जुन अभियानले मलाई मात्र होइन नेपालका बहुसंख्यक भूमीहिनलाई अधिारका लागि लड्न सिकायो । यति अनुभव सङगाल्ने अवसर पाएकी छु ।

अन्तमा के भन्नु हुन्छ ?
आफु भुमीहिन किसान भएकोले जहिले पनि किसानकै हितका लागि काम गर्ने अठोट व्यक्त गर्न चाहन्छु । यो अभियानमा जस्तोसुकै चुनौती आएपनि सफलतामा पुर्याउने आटकासाथ अघि बढिरहेकी छु । अब भूमीहिन किसान राजनैतिक दलका एजेण्डा बनेर उनीहरुको भोट बैंक बनेर हुदैन, आफ्ना समस्या समाधान गराउन खबरदारी मात्रै होइर्न सवक सिकाउन पनि पछि पर्नु हुन्न । सरकारसंग निरन्तर खबरदारी र एजेण्डा कार्यान्वयन गराउन केन्द्रीत हुदै भूमीहिन किसान एकजुट हुनु पर्छ । समस्या ज्यूका त्यूँ राख्ने सरकारलाई हाम्रो खवरदारी जारी छ । त्यसैले जमीनमा भूमीहिनको स्वामित्व हुनु पर्छ र नेतृत्व पनि लिनु पर्छ । हामी त्यहि आन्दोलनमा लागिपरेका छौं ।

महत्वपूर्ण विचार व्यक्त गरिदिनु भयो त्यसका लागि धन्यावाद ।
मेरो विचारलाई समेटेर आम समुदायकाबीच पु¥याईदिनु भयो त्यसका लागि कैलाश खबर परिवारलाई विशेष धन्यवाद ।

 


Thali Mobile Pvt.Ltd.