भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

जलवायु परिवर्तनको असर नेपालमा पनि देखियो 

जलवायु परिवर्तनको असर नेपालमा पनि देखियो 

काठमाण्डौ । विश्वव्यापी तापक्रम बढ्दै जाँदा मौसम प्रणालीमा व्यापक परिवर्तन देखा परेका छन् । त्यसले खडेरी, आँधी र बाढी जस्ता घटनालाई अझ तीव्र र अप्रत्याशित बनाइ रहेको छ ।

जलवायु परिवर्तनले गम्भीर खडेरी र बाढीको सम्भावना बढाउँन सक्ने बैज्ञानिकहरुले चेतावनी दिएका छन् । जलवायु परिवर्तनका कारण तापक्रम लगातार बढिरहेको मौसमविद्ले बताएका छन् ।

विश्वका अन्य देशमा जस्तै जलवायु परिवर्तनको असर नेपालमा पनि देखिन थालेको छ । ताता दिन बढ्दै गएको र चिसा दिन घट्दै गएको  विज्ञहरुको भनाइ छ । केही दिनयता नेपालका धेरैजसो ठाउँमा तापक्रम बढिरहेको छ ।

अहिलेसम्मकै उच्च तापक्रम रहेको रेकर्ड गरिएको छ । दुइ सय ५०  वर्ष पहिले पूर्वऔद्योगिक युग सुरु भएदेखि नै ग्रह १.१ डिग्री सेल्सियस (१.९ डिग्री फरेनहाइट) तातेको छ। यदि जलवायु परिवर्तनका कारण अर्थात्, जीवाश्म ईन्धनहरू (कोइला, तेल, र ग्यास) को जलाउने कारणहरू समाधान गर्न असफल भयौं भने २१०० सम्म ४ डिग्री सेल्सियस (७.२ डिग्री फरेनहाइट) को सबैभन्दा खराब स्थितिमा पुग्न सक्ने वैज्ञानिकले चेतावनी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.