भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

जसले जेसुकै भनून् एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा

जसले जेसुकै भनून् एमसीसी नेपालको हितमा छःप्रधानमन्त्री देउवा

काठमाडौं । सरकारलाई सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।सञ्चारकर्मीसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेले वर्तमान सरकारलाई ‘परमादेशबाट बनेको सरकार’ भनेर आलोचना गरिरहेका बेला यस्तो बताएका हुन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै विपक्षी गठबन्धनको तर्फबाट नयाँ सरकारमा दाबी प्रस्तुत गरेका देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि ओलीले सरकार छाड्नु परेको थियो । अत्तालिएर बालकोट पुगेका ओलीले परमादेश र जनादेश दुवै प्राप्त सरकारलाई त्येसो भन्न नहुने भन्दै देउवाले अदालतको गरिमामाथि आँच नपु¥याउन ओलीलाई आग्रह गरे ।

देउवाले भने, ‘सम्मानित सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर मलाई प्रधानमन्त्री बनाउन परमादेश दिएको हो । यो सरकार परमादेशका साथै जनादेशबाट बनेको हो । मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिंदा १६५ सांसदको समर्थन प्राप्त भएको छ, सरकारलाई राम्रो बहुमत प्राप्त छ ।’

फरक प्रसंगमा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी मुलुकको हितमा भएको बताएका छन् । यसमा अनावश्यक विवाद गर्न आवश्यक नभएको तर्क गरे । एमसीसी विकास अनुदान भएको दाबी गर्दै देउवाले भने, ‘एमसीसी नेपाललाई दिइएको ग्रान्ट हो, ब्याजमा होइन, ऋण होइन, केवल अनुदान मात्र हो । केही तत्व छन् नेपालमा, तिनले एमसीसीको नाममा बखेडा गर्न खोजेका छन् । त्यसैले एमसीसी विशुद्ध नेपालको हितमा छ, यो पास गर्न आवश्यक छ ।’

 


Thali Mobile Pvt.Ltd.