भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी |

जागिरको प्रलोभन देखाउँदै दिल्ली पुर्‍याएका ९ किशोरीको उद्धार

जागिरको प्रलोभन देखाउँदै दिल्ली पुर्‍याएका ९ किशोरीको उद्धार

काठमाडौं । पोखराकी १६ वर्षीया किशोरी उमालाई दिल्लीमा ब्युटीपार्लरको जागिर हुने र महिनाको ३० हजार भारुसम्म पारिश्रमिक पाइने लोभ देखाएर लगियो । १० हजार रुपैयाँ मुस्किलले पाइने क्याफेको जागिर छोडेर उनी आयुषको प्रस्तावमा लोभिइन् ।

फोन सम्पर्कबाट उमा काठमाडौं आइन र एक महिलाको साथ लागेर उनीसहित दुई किशोरी नेपालगन्ज हुँदै भारत छिरे । चोरबाटो हुँदै सीमा कटाइयो । ‘सीमा कटाएपछि एउटा ट्याक्सीमा हालेर उनीहरुलाई दिल्ली पु¥याएको उमाले सुनाइन् ।

दिल्ली पुगेको भोलिपल्टै उमालाई यौन ग्राहकलाई भेटाइयो । सुरुमा त उनले कुरा बुझिनन् । फ्ल्याटमा सँगै रहेका अन्य युवतीले प्रस्ट्याइदिएपछि उनी छागाबाट खसेजस्तै भइन् । धाकधम्की दिँदै यसमा लागे महिनाको एक लाख भारु कमाइ हुने प्रलोभन देखाइयो ।

त्यसपछि उमालाई दिनहुँ ग्राहककामा पठाउन थालियो । दिनमा ६ जनासम्मकहाँ जानुपरेको सुनाइन् । बिरामी हुँदा र महिनावारी भएका बेला पनि आराम पाइनन् । त्यसपछि एक समूहले शनिबार साँझ उमालगायत ९ किशोरीको उद्धार गरियो ।

दिल्ली प्रहरी, किन इन्डिया र शक्ति समूहको संयुक्त टोलीले ती किशोरीलाई एकै दिन उद्धार गरेको हो । एउटै फ्ल्याटबाट उद्धार गरिएका उनीहरू १६ देखि १८ वर्षसम्मका रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.