भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

जागिरको प्रलोभन देखाउँदै दिल्ली पुर्‍याएका ९ किशोरीको उद्धार

जागिरको प्रलोभन देखाउँदै दिल्ली पुर्‍याएका ९ किशोरीको उद्धार

काठमाडौं । पोखराकी १६ वर्षीया किशोरी उमालाई दिल्लीमा ब्युटीपार्लरको जागिर हुने र महिनाको ३० हजार भारुसम्म पारिश्रमिक पाइने लोभ देखाएर लगियो । १० हजार रुपैयाँ मुस्किलले पाइने क्याफेको जागिर छोडेर उनी आयुषको प्रस्तावमा लोभिइन् ।

फोन सम्पर्कबाट उमा काठमाडौं आइन र एक महिलाको साथ लागेर उनीसहित दुई किशोरी नेपालगन्ज हुँदै भारत छिरे । चोरबाटो हुँदै सीमा कटाइयो । ‘सीमा कटाएपछि एउटा ट्याक्सीमा हालेर उनीहरुलाई दिल्ली पु¥याएको उमाले सुनाइन् ।

दिल्ली पुगेको भोलिपल्टै उमालाई यौन ग्राहकलाई भेटाइयो । सुरुमा त उनले कुरा बुझिनन् । फ्ल्याटमा सँगै रहेका अन्य युवतीले प्रस्ट्याइदिएपछि उनी छागाबाट खसेजस्तै भइन् । धाकधम्की दिँदै यसमा लागे महिनाको एक लाख भारु कमाइ हुने प्रलोभन देखाइयो ।

त्यसपछि उमालाई दिनहुँ ग्राहककामा पठाउन थालियो । दिनमा ६ जनासम्मकहाँ जानुपरेको सुनाइन् । बिरामी हुँदा र महिनावारी भएका बेला पनि आराम पाइनन् । त्यसपछि एक समूहले शनिबार साँझ उमालगायत ९ किशोरीको उद्धार गरियो ।

दिल्ली प्रहरी, किन इन्डिया र शक्ति समूहको संयुक्त टोलीले ती किशोरीलाई एकै दिन उद्धार गरेको हो । एउटै फ्ल्याटबाट उद्धार गरिएका उनीहरू १६ देखि १८ वर्षसम्मका रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.