भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

जाडोयाममा त्रिपाल मुनि बास

जाडोयाममा त्रिपाल मुनि बास

सर्लाही, । जिल्लाको लालबन्दी नगरपालिका–२ जुटपानी पुनरवासका दलित परिवार तिरपालमुनि बस्न बाध्य छन् । प्रदेश नं २ सरकारले जनता आवास कार्यक्रम अन्तर्गत ती परिवारलाई आवास निर्माण गरिरहेको छ । निर्माण समितिले बनाउन ढिलासुस्ती गर्दा दलित परिवार तिरपालमुनि बस्न बाध्य भएका हुन् ।

निर्माण समितिको ढिलासुस्तीका कारण आफूहरु त्रिपाल तानेर बस्नु परेको पीडितको गुनासो छ । “बाल बच्चासहित चिसोका कारण रातभरि जाग्राम बस्नु परेको छ, भएको सानो घर वर्षामा ढल्यो, जाडोमा त जनता आवासले निर्माण गरिदिएको घरमा बस्न पाइन्छ भन्ने आश थियो त्यो पनि आशमै सीमित भयो । ” नारद पासवानले भन्नुभयो ।

निर्माण समितिको हेलचेक्र्याइका कारण समस्यामा परेको लालबन्दी नगरपालिका–२ जुटपानी पुनरवासकी गीतादेवी पासमानको गुनासो गर्नुभयो । विगत दुई वर्षदेखि घर पाउने आशमा रहेकी उहाँले निर्माण समितिको लापरबाहीका कारण आफुहरु समस्यामा परेको गुनासो गर्नुभयो । “दुई वर्षअघिदेखि नै घर पाइन्छ कि भन्ने आश थियो, तर घर पाउन सकेको छैन”,

उहाँले भन्नुभयो,“अन्तत चर्को ब्याजमा रु चार लाख ऋण लिएर आफैले घर बनाउनुप¥यो ।” आवास कार्यक्रम अन्तर्गत लालबन्दीमा मात्रै एक हजार ५०० घर बनाइदिने योजना थियो । ती मध्ये पाँच सय घर बनाउने सम्झौतासमेत भइसकेको कार्यक्रम कार्यान्वयन इकाईले जनाएको छ । सम्झौतामध्ये १०९ घर मात्र निर्माण भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.