काठमाडौं । नेपाल प्रहरीले टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । तत्कालीन ऊर्जामन्त्री तथा नेकपा एमालेका सचिव रायमाझी र उनका सन्दीप विरुद्ध बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।
बुधबार नै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा अनुसन्धान अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको जनाइएको छ । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
