भर्खरै : Sorry, your browser does not support inline SVG.

जुम्लामा दैलेखका होटल सञ्चालकको हत्या आशंका, शव बरण्डामा भेटियो

जुम्लामा दैलेखका होटल सञ्चालकको हत्या आशंका, शव बरण्डामा भेटियो

जुम्ला । दैलेख जिल्ला स्थायी घर भएका शेरबहादुर शाहीको शव होटलको बरण्डामा फेला परेको छ ।

चन्दननाथ नगरपालिका–६ पुरानो बसपार्क नजिक छेउमा रहेको भ्याली भ्यु होटल सञ्चालक शाही मृत फेला परेका हुन्।होटलबाहिर रगतका छिटा देखिएकाले शाहीको हत्या भएको प्रहरीले आशंका गरेको छ।

अहिले प्रराम्भिक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । प्रहरीको अनुसन्धानले कुनै न कुनै टुंगोलाग्ने अपेक्षा गरिएको उनको भनाइ छ । शेरबहादुर शाहीले झण्डै दुई वर्षदेखि जुम्लामा होटल सञ्चालन गर्दै आएका थिए।

 


Thali Mobile Pvt.Ltd.