भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

जेलबाटै आज नयाँ पार्टी दर्ता गर्दै रेशम चौधरी

जेलबाटै आज नयाँ पार्टी दर्ता गर्दै रेशम चौधरी

काठमाडौं । सांसद रेशम चौधरीले नयाँ पार्टी बनाउने भएका छन् । उनले बनाउन लागेको नयाँ पार्टीको आज दर्ता हुँदैछ । डिल्लीबजार कारागारमा रहेका चौधरीले निर्वाचन आयोगमा झाँकीसहित गएर नयाँ पार्टी दर्ता गर्ने तयारी रहेको छ ।

नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राखेका छन् । चौधरी आफू जेलमा रहेकाले आफ्नै नाममा दर्ता गर्न उनले पाएनन् । श्रीमतीको अध्यक्षतामा नयाँ पार्टी दर्ता गर्ने पक्का भएको छ ।

पार्टी दर्ता गर्ने प्रक्रियामा चौधरी निर्वाचन आयोग जान्छन् या जादैनन् भन्ने कुरा अहिलेसम्म खुलेको छैन । टीकापुर घटनामा एसएसपी लक्ष्मण न्योपानेसहित ८ जनाको हत्या आरोपमा चौधरी अहिले पनि जेलमा छन् ।

जेलबाट नै मनोनयन दर्ता गरेर गत संघीय निर्वाचनमा चौधरी भारी मतले जितेका थिए । तत्कालीन सभामुख कृष्णबहादुर महराको कार्यालयमा नै गएर संसद् पदको सपथ पनि लिएका थिए ।सपथ लिएसंगै उनलाई फेरि सोझै कारागार चलान गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.