भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

जेहेन्दार विद्यार्थीलाई ‘अध्ययन प्रोत्साहन छात्रवृत्ति’

जेहेन्दार विद्यार्थीलाई ‘अध्ययन प्रोत्साहन छात्रवृत्ति’

गुल्मी । रेसुंगा नगरपालिकाले ‘अध्ययन प्रोत्साहन छात्रवृत्ति’ कार्यक्रम सुरु गरेको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न पालिकाले एसईईमा ३.२० वा त्यसभन्दा धेरै जीपीए ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको हो ।

पालिकाभित्रका विद्यालयमा कक्षा ११ र १२ अध्ययन गर्नेलाई मासिक ४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

नगरभित्रको शैक्षिक गुणस्तरलाई सुधार्ने उद्देश्यले नगरभित्रका शैक्षिक संस्थाहरूलाई चलायमान बनाउन विशेष शैक्षिक अभियान सुरु गरेको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

समग्र गुल्मीको शैक्षिक क्षेत्रलाई उच्च स्थानमा पुर्‍याउन मद्दत गर्नेमा आशावादी रहेको उनको भनाइ छ ।

जुनसुकै जिल्लाको बासिन्दा भए पनि रेसुंगाभित्रका शैक्षिक संस्थामा पढेर एसईई दिई अब उच्च मावि पनिपालिकाभित्रकै शैक्षिक संस्थामा पढ्नुपर्ने छ  भने रेसुंगा नगरपालिका स्थायी ठेगाना

भई देशका जुनसुकै विद्यालयबाट एसईई दिए पनि रेसुंगाभित्रकै शैक्षिक संस्थामा पढ्नु पर्ने पालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले बताए । रेसुंगाभित्रकै शैक्षिक संस्थामा अध्ययन गर्ने विद्यार्थी १ सय ४६ जना छन् ।

 

 


Thali Mobile Pvt.Ltd.