जोरबिजोर प्रणालीको चौतर्फी आलोचना

जोरबिजोर प्रणालीको चौतर्फी आलोचना

काठमाडौं । प्रशासनले सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गरेसँगै त्यसको चर्को आलोचना भएको छ । सवारीको संख्या मात्रै कम गर्नाले यात्रुको संख्या अधिक भएकाले कोरोना संक्रमणको जोखिम थप बढ्ने नागरिकको गुनासो छ ।

नागरिकबाट जोरबिजोर प्रणालीको विरोध हुन थालेपछि काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बैठक बसेर त्यसको विकल्प खोज्ने जनाए छन् ।

अब तत्कालै सबै पक्षसँग छलफल गरेर निर्णय गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताए । संक्रमणको जोखिम अत्याधिक बढेपछि उपत्यकामा भिडभाड नियन्त्रणका लागि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली लागू गर्नुपरेको रिजालले बताए ।

भिडभाडलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा सरोकारहरुसँग थप छलफल गर्ने र आम मानिसहरुको गुनासोलाई सम्बोधन गर्ने रिजालको भनाइ छ । रिजालले भने, ‘तीन जिल्लाका प्रमुख जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेर निर्णय गर्छौँ ।

बैठक बस्ने भन्ने कुरा भए पनि त्यसको मिति तोकिएको छैन । बैठक तत्काल आजभोलिमा नै बस्ने तयारी गरिरहेका छौं । उपत्यकामा दैनिक संक्रमितको संख्या अत्याधिक वृद्धि भइरहेको हुनाले माघ ७ गते रातिबाट जोरबिजोर प्रणाली लागू गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.