भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

ज्वरो आउनासाथ जथाभाबी औषधि नखान डाक्टरहरुको सुझाव,डेङ्गी सङ्क्रमण बाट ३० जनाको मृत्यु

ज्वरो आउनासाथ जथाभाबी औषधि नखान डाक्टरहरुको सुझाव,डेङ्गी सङ्क्रमण बाट ३० जनाको मृत्यु

काठमाण्डौ । गत पुस १५ गतेदेखि हालसम्म ३५ हजार जनालाई डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा हालसम्म झण्डै ३५ हजार जनालाई डेङ्गीको सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

डेङ्गीको सङ्क्रमण नियन्त्रणतर्फ उन्मुख भए पनि जोखिम कायमै रहेको जनाएको छ । आउँदो कात्तिक महिनासम्म नै डेङ्गीको जोखिम रहने भएकाले लामखुट्टेको टोकाइबाट जोगिन डाक्टरले सुझाएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गी सङ्क्रमणबाट जोगिनु एकमात्र उपाय हो ।

डेङ्गी भएर ३० जनाको ज्यान गएको छ । गत वार्ष ८८ जनाको ज्यान गएका थिए भने ५५ हजारभन्दा धेरै सङ्क्रमित भएका थिए । ज्वरो आउनासाथ र जिउ दुख्नासाथ धेरैले जथाभाबी औषधि खाने गरेकाले त्यसो नगर्न सुझाइएको छ ।
डेङ्गी भएका बेला दुखाइ कम गर्नका लागि खाइने बुफ्रिनलगायतका औषधिले स्वास्थ्यमा झनै असर पर्ने भएकाले स्वास्थ्यकर्मी र डाक्टरको सल्लाहमा मात्रै औषधि खान सुझाइएको छ ।

लामखुट्टेले फुल पार्ने र लार्भा हुर्कने वातावरण नबनाउन आग्रह गरिएको छ । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका लुगा लगाउन, बाल्टी, बाटा, ड्रमलगायत भाँडोमा लामो समयसम्म पानी जम्मा गरेर नराख्न पनि सुझाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.