भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

टिप्पर दुर्घटना अपडेट : घाइतेहरुको उद्धारमा पुगेर फर्किए मुख्यमन्त्री

टिप्पर दुर्घटना अपडेट : घाइतेहरुको उद्धारमा पुगेर फर्किए मुख्यमन्त्री

२८ जेठ २०७७, कालीकोट । टिप्पर दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सेनाको हेलिकप्टरमा कालिकोट पुगेर सुर्खेत फर्किएका छन् ।

बिहान कर्णाली करिडोरअन्तर्गत श्रीखोली मन्दिरनजिकै ना ८ ख ५१३३ नम्बरको टिप्पर दुर्घटना हुदा रास्कोट नगरपालिका २ की २१ वर्षीया ठुम्की सार्की, २३ वर्षकी शर्मिला सार्कीको ज्यान गएको छ । ३ जना अझै बेपत्ता रहेका छन् । घाइते ८ जनामध्ये ६ जनाको जिल्ला अस्पताल कालीकोटमा उपचार भइरहेको छ ।

गम्भीर अवस्थामा रहेका २ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । टिप्पर चालक रास्कोट नगरपालिका वडा नम्बर ८ का २९ वर्षका रङ्गनाथ धमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेपत्ता नागरिकको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

 


Thali Mobile Pvt.Ltd.