काठमाडौं । यस वर्ष दसैंको टीकाका लागि उत्तम साइत सार्वजनिक गरेको छ ।
विजयादशमीका दिन साइत खोजेर टीका लगाउने बिहान ११ः२ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विजयादशमीका दिन बिहान ९ः२ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान १०ः३ बजे स्थिरासन गराइने साइत रहेको पनि समितिले निकालेको छ ।
खड्गयात्रा पनि यसै दिन गरिने छ। यस्तै कार्तिक १० गते शुक्रबार अखिल बलि पूर्ति गरिन्छ। त्यसै रात कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमा पर्व मनाइने चलन छ ।
