भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्रकको ठक्करबाट मृत्यु

ट्रकको ठक्करबाट मृत्यु

गोलबजार । सिरहाको धनगढीमाईमा आजविहान कोइला बोकेको भारतीय ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।धनगढी–बडियारपट्टी भित्री सडकअन्तर्गत धनगढीमाई नगरपालिका– ५ गोठचोक नजिक दक्षिणबाट उत्तर आइरहेको प्रदेश२–०१०६प ५२९७ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको डव्यूवी६५वी ७४३९ नंको ट्रकको ठक्करबाट सिरहाकै सुखीपुर नगरपालिका–८ का अन्दाजी ६५ वर्षीय राजेन्द्र साहको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट सख्त घाइते साहलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पु¥याए पनि उनको तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।साह सिरहाको गोलबजारस्थित जयगोविन्द साह पोलिटेक्निकल इन्स्च्यिुटका प्रिन्सिपल तथा बाली विशेषज्ञ हुन् । बिदाको दिन भए पनि इन्स्च्यिुटकै कामले गोलबजार आउँदै गर्दा दुर्घटना भएको इन्स्च्यिुटका सञ्चालक समिति सदस्य बासना मोक्तानले जानकारी दिनुभयो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.