भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

ट्रकमा नदेखिने क्याविन कोठा बनाइ कपडामा करोडौँ भन्सार छली गर्ने विरुद्ध मुद्दा

ट्रकमा नदेखिने क्याविन कोठा बनाइ कपडामा करोडौँ भन्सार छली गर्ने विरुद्ध मुद्दा

काठमाडौं । भारतीय ट्रकमा छुट्टै नदेखिने क्याविन कोठा बनाइ भन्सार चोरी पैठारी गरी करोडौँको चुहावट गरेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

रजनिशकुमार गुप्ता र राजेन्द्र थापासमेत ६ जनामाथि तीन करोड १९ लाख ७७ हजार बराबरको राजस्व छली गरेको आरोपमा उक्त रकम बराबरको बिगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा चलाएको छ । भारतीबाट कपडा लुकाई छिपाई ल्याई चोरी पैठारी गरी राजस्व चुहावट तथा छली गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

उक्त कार्यमा मालवस्तु ढुवानीकर्ता नेपाल लजिष्टिकका सञ्चालक राजेन्द्रप्रसाद गुप्ता र बरामद मालवस्तु भएको ट्रकका चालक सुनिल कुमारको हकमा बरामद मालवस्तुको मूल्य त्रिपन्न लाख उनान्तीस हजार बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ (१) बमोजिम जरिवाना तथा कैद सजायको माग गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.