भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु

बैतडी । जयपृथ्वी राजमार्गमा आज ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बझाङको वित्थडचीर गाउँपालिका–४ का ४० वर्षीय जीतबहादुर बोहरा रहेका छन् । बोहराको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।

दुर्घटनामा ट्र्याक्टर चालक बझाङकै वित्थडचीर गाउँपालिका–५ का ३२ वर्षीय नरेन्द्र महरा र ट्र्याक्टरमा सवार वित्थडचीर गाउँपालिका–४ का २० वर्षीय कृष्ण बोहरा घाइते भएका छन् । चालक नरेन्द्र महराको दुबै खुट्टा भाँचिएको छ भने बोहराको खुट्टामा चोट लागेको छ । घाइते दुवैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

धनगढीबाट बझाङतर्फ गइरहेको अनटेस्ट ट्रयाक्टर दिउँसो जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिगास गाउँपालिका–९ बाजपानीमा दुर्घटनामा परेको हो । ट्र्याक्टर सडकबाट १७८ मिटर तल खसेको छ । रासस

 


Thali Mobile Pvt.Ltd.