भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

खाडीमा हवाइ उडान पुन सञ्चालन

खाडीमा हवाइ उडान पुन सञ्चालन

दोहा । कोरोना संक्रमण बढ्न सक्ने भन्दै साउदी अरब, कुवेत र ओमानले लगाएको अस्थायी यात्रा प्रतिबन्ध हटाएर उडान पुनः सुचारू गरेको छ । दुई हप्तादेखि लगाएको अन्तर्राष्ट्रिय उडान आइतबारदेखि पुन सञ्चालन गरेको छ ।

नयाँ प्रजातिको कोरोना संक्रमण बढ्न सक्ने भन्दै साउदीले गत डिसेम्बर २० देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । साउदीले युरोपेली देश, दक्षिण अफ्रिका लगायतका कोरोना भाइरसको नयाँ स्वरुप देखिएका देशका नागरिकलाई साउदी प्रवेश गर्नुभन्दा पहिले अन्य देशमा १४ दिन बसेर मात्र साउदी प्रवेश दिइने जनाएको छ ।

साउदी प्रवेश गर्ने यात्रुहरुको हकमा भने पीसीआर परीक्षण रिपोर्ट र सात दिनसम्मको होम क्वरेटाइन अनिवार्य रहेको जनाएको छ । यता कुवेतले पनि कोरोना संक्रमण बढ्न सक्ने भन्दै लगाएको हवाइ उडान प्रतिबन्ध शनिबारदेखि हटाएको छ ।

 


Thali Mobile Pvt.Ltd.