भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डब्लुएचओको ध्यान नेपालमा, प्रमुख डा. ट्रेडोस नेपाल आउँदै

डब्लुएचओको ध्यान नेपालमा, प्रमुख डा. ट्रेडोस नेपाल आउँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

८ वैशाख (२१ अप्रिल) नेपालमा आउन लागेको मन्त्रालयका सचिव डा. रोसन पोखरेलले बताए । पोखरेलले भने, ‘नेपाल सरकारको निमन्त्रणमा आउने तयारी भएको हो । ३ दिनको उच्चस्तरीय भ्रमणमा नेपालका उच्च अधिकारीहरुसँग भेटघाट हुनेछ ।’

डब्लुएचओको ध्यान अहिले नेपालमा परेको र नेपालमा रहँदा डा.टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर, परराष्ट्रमन्त्री, स्वास्थ्य तथा जनसंख्या मन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।

महानिर्देशक ट्रेडोससँगै विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसिया क्षेत्रकी निर्देशक डा. पुनम क्षेत्रपाल सिंह र संगठनको संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुसँगको सहकार्य र सहयोग प्रणाली विभागका निर्देशक डा. शम्भु आचार्य पनि नेपाल आउने कार्यक्रम रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.