भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

डेढ महिनामा डिजेलको मूल्य लिटरमै २० रुपैयाँले घटे पनि छोटो दुरीको गाडी भाडा घटाउन किन आलटाल

डेढ महिनामा डिजेलको मूल्य लिटरमै २० रुपैयाँले घटे पनि छोटो दुरीको गाडी भाडा घटाउन किन आलटाल

काठमाण्डौ । डेढ महिनामा डिजेलको मूल्य लिटरमै २० रुपैयाँले घटेको छ । गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० र १० र पेट्रोलमा तीन रुपैयाँ मूल्य घटाएको निगमले अघिल्लो हप्ता बुधवारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर १०र१० रुपैयाँले भाउ घटाएको छ । घटेको मूल्य अनुसार डिजेलको मूल्य लिटरको एक सय ५५ रुपैयाँ कायम भएको छ ।

डिजेलको मूल्य लिटरमै २० रुपैयाँ घट्दा पनि सरकार र व्यवसायीले घाडा घटाउन आलटाल गर्दै आएका छन् । डिजेलको भाउ घटेको छ दिन भइसक्दासमेत सरकारले छोटो दुरीको गाडी भाडा घटाउन आलटाल गरेको छ । बाग्मती प्रदेशको यातायात व्यवस्था कार्यालयले गाडी भाडा घटाउने विषयमा केही दिनदेखि छलफल भइरहेको बताए पनि टुङ्गोमा पुगेको छैन ।

यसअघि डिजेलको भाउ बढेको बेला लामो दुरीको गाडीभाडा बढेर छोटो दुरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । अहिले गाडीवालाले घटेको भाउमा डिजेल हालेर गाडी चलाउन थाले पनि यात्रु महँगो भाडा तिर्न बाध्य छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.