भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

तलब बाहेक अरु सेवा–सुविधा कटौती गरौंः थापा

तलब बाहेक अरु सेवा–सुविधा कटौती गरौंः थापा

काठमाडौं । देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेक अन्य सबै सुविधा कटौती गर्नुपर्ने काँग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् ।

स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने उनको धारणा छ ।

नेपाल वितरक सङ्घको साधारण सभालाई सम्बोधन गर्दै थापाले भने, ‘सांसदले तलब पाउँछ, संसद बैठक बसेको बेला सांसदहरूले बैठकभत्ता पाउँछन् ।

त्यो ठूलो पैसा छैन । तर यो वर्ष अप्ठ्यारो परेको वर्ष भएकाले सांसदले हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौं भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्छ ।’

आर्थिक हिसाबले देशमा अप्ठ्यारो स्थिति पैदा भएकाले राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको अन्य सुविधा कटौती गर्नु पर्ने उनको तर्क छ ।

देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नुपर्ने भन्दै मुलुकको आर्थिक वृद्धिदर खुम्चिएकाले सरकारले अब ल्याउने बजेटमा पनि निर्मम भएर खर्च कटौती गर्नु पर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.