भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तापक्रम बृद्धिभएपछि यमनमा पानीको हाहाकार

तापक्रम बृद्धिभएपछि यमनमा पानीको हाहाकार

यमन । जलवायु परिवर्तनसंगै यमनमा पानीको हाहाकार भएको छ । विश्वको सबैभन्दा धेरै पानीको अभाव भएको देशको सूचीमा रहेको यमनमा पानीको हाहाकारा मच्चिएको हो । युद्ध र जलवायु परिवर्तनको विकराल अवस्थाले त्यहाँ पानीको समस्यालाई थप बढाएको जनाएको छ । द्वन्द्वग्रस्त देश यमन सन् २०१५ मा इरान समर्थित हुथी विद्रोही र अपदस्थ सरकारलाई समर्थन गर्ने साउदी अरब नेतृत्वको गठबन्धनबीच द्वन्द्व सुरु हुनुअघि नै पानी अभाव भएको देशको सूचिमा परेको थियो ।

युद्धका कारण महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ भने बढ्दो तापक्रमका कारण पानीको आपूर्तिमा निक्कै असर परेको छ । पानी अभावका कारण विद्यालय जाने उमेर समूहका बालबालिकालाई पानीको जोहो गर्नुपर्ने बाध्यता रहेको छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार यमनको भूमिगत जलमा दोब्बर दरमा ह्रास भैरहेको जनाएको छ ।

यहाँका बालबालिका विद्यालय जानुको साटो उनीहरू आफ्नो परिवारका लागि घन्टौँ कुरेर पानी जम्मा गर्न बाध्य रहेको जनाएको छ । यमनका लागि आईसीआरसीको प्रतिनिधिमण्डलका उपप्रमुख वेहबेका अनुसार विशेष गरी बालबालिका जोखिममा छन् । पानीको अभावले गर्दा थुप्रै आमाबुबालाई पानी पाउन आफ्ना छोराछोरीको मद्दत चाहिने उल्लेख गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.