भर्खरै : Sorry, your browser does not support inline SVG.
सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन |

तालिम प्राप्त कुकुरबाट उपत्यकाको सुरक्षा निगरानी गरिने

तालिम प्राप्त कुकुरबाट उपत्यकाको सुरक्षा निगरानी गरिने

काठमाडौं । उपत्यकाको सुरक्षा निगरान अब तालिम प्राप्त कुकुरबाट गरिने उपत्यका प्रहरी कार्यालयले काठमाडौंले जनाएको छ ।

तालिमप्राप्त कुकुर र ड्रोन प्रयोग गरेर काठमाडौं, भक्तपुर र ललितपुरको सुरक्षा निगरानी गरिने उपत्यका प्रहरीले जनाएको छ । सर्वसाधारणलाई १० बुँदे अपिल जारी गर्दै प्रहरीले सचेत रहन पनि अनुरोध गरेको छ ।

चाडवाडका बेला सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न आग्रह गरेको छ ।

सचेतना र चनाखो हुनका लागि अपिल जारी गरिएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए ।

 


Thali Mobile Pvt.Ltd.