दार्चुला । तिङ्करमा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।
व्याँस गाउँपालिकाको वडा नं. १ छयाँलेकमा सशस्त्र प्रहरीले बीओपी स्थापना गरेको हो ।
तिङ्करमा स्थापना गरिएको बीओपीको सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल (एआईजी)ले विधिवत् रूपमा शुक्रबार उद्घाटन गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) डम्बर बिष्टले बताए ।
योसँगै दार्चुलामा बीओपीको संख्या पाँच पुगेको छ । यसअघि जिल्लाको दुम्लिङ, दत्तु, जोलजीवी सुन्सेरा र लालीमा बीओपी स्थापना भइसकेका छन् ।
