भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

तिहारमा मुलुकभर आपराधिक घटना सामान्य : नेपाल प्रहरी

तिहारमा मुलुकभर आपराधिक घटना सामान्य : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले तिहारमा छिटफुट घटना बाहेक समग्रमा मुलुकभरको आपराधिक घटना सामान्य रहेको जनाएको छ । केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार तिहारमा विगतको तुलनामा कम आपराधिक घटना भएका छन् तर सडक दुर्घटना भने केही बढेका छन् ।

“समग्रमा तिहारभर आपराधिक घटना सन्तोषजनक रह्यो । छिठफुट घटना भए पनि विगतका जस्तो ठूलो ‘ग्याङ फाइट’ भएको छैन । सडक दुर्घटना चाँही केही बढेको अनुमान गरिएको छ, केही दिनभित्रै त्यसको यकिन तथ्याङक सार्वजनिक गरिनेछ”, उनले भने ।

तिहारको समयमा देशभर सडक दुर्घटना बढेको प्रहरीको अनुमान छ । दीपावलीमा केही ठूला आगलागीका घटना पनि भएका छन् । विगतका वर्षमा भन्दा यसवर्ष बढी जुवा तास खेल्ने पक्राउ परेका छन् । प्रवक्ता कडायतले तिहार आजसम्मै भएको र देशभरबाट तथ्याङक सङ्कलनको कार्य भइरहेकाले एक÷दुई दिनभित्रै तिहारको घटनाको विवरण आउने अपेक्षा गरे ।

 


Thali Mobile Pvt.Ltd.