भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तीन देशमा उडान खुला 

तीन देशमा उडान खुला 

काठमाडौं । जेठ १८ गतेदेखि थप तीन देशमा उडान खोल्ने सरकारले निर्णय गरेको छ । चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने विहीबारको मन्त्रिपरिषद् बैठकले े निर्णय गरिएको हो । बैठकले जेठ १८ गतेदेखि कतारको राजधानी दोहा, टर्कीको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको जनाएको छ ।

वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलेमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि ३ वटै देशमा सातामा एउटा उडानका लागि खुला गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.