भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

तीन मन्त्रालयको टुुङ्गो नलागेसम्म नाम सार्वजनिक गर्दैनौंः नेकपा एस

तीन मन्त्रालयको टुुङ्गो नलागेसम्म नाम सार्वजनिक गर्दैनौंः नेकपा एस

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुन आफुहरुले तीन मन्त्रालय पाउनु पर्ने अडान राखेको छ । बुधबार बसेको बैठकले तीन मन्त्रालयको निश्चित नभएसम्म सरकारमा नजाने निर्णय गरेको बताउँदै प्रवक्ता जगन्नाथ खतिवडाले नेकपा एकीकृत समाजवादीको अडानका बारेमा प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको बताए ।

प्रवक्ता खतिवडाले भने, ‘हाम्रो पार्टीको बैठकले तीन मन्त्रालयको अडान राखेको र यसका बारेमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराइएको छ । अब हामी उहाको जवाफ पर्खेर बसेका छौं । हामीले जवाफ पाउँने वित्तिकै सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम पठाउँने छौं । हामी सम्पूर्णरुपमा तयारी अवस्थामा छौं । मात्र प्रधानमन्त्रीको जवाफ कुरेका छौं ।’

त्यस्तै प्रवक्ता खतिवडाले सरकारमा जान तीन मन्त्रालयको माग रहेको र उक्त तीन मन्त्रालय नपाएसम्म नेकपा एस सरकारमा सहभागि नहुने स्पष्ट पारे ।

नेकपा एकीकृत समाजवादी पार्टीले सरकार निर्माण लगायत राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख निर्वाचनमा धेरै त्याग गरेको बताउँदै प्रवक्ता खतिवडाले यस पटकको सरकारमा सम्मानजनक हैसियतमा सहभागी गराउनुपर्ने उडान राखे ।

 


Thali Mobile Pvt.Ltd.