भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

आप्रवासी केन्द्रमा आगो लाग्दा ४० जनाको मृत्यु, २९ भन्दा बढी घाइते

आप्रवासी केन्द्रमा आगो लाग्दा ४० जनाको मृत्यु, २९ भन्दा बढी घाइते

काठमाडाैं । मेक्सिकोको एक आप्रवासी केन्द्रमा आगलागी हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने २९ जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा मध्य र दक्षिण अमेरिकाबाट संयुक्त राज्य अमेरिका जाने प्रयासमा रहेका आप्रवासी रहेकाे बताइएकाे  छ ।

बीबीसीका अनुसार निर्वासनको विरोधमा भएको प्रदर्शनका क्रममा आगलागीको शुरु भएको हाे र स्थानीय समय अनुसार राति ९ बजे भएको  जनाएको छ। टेक्सासको एल पासोबाट रियो ग्रान्डे नदीको छेउमा रहेको यस सहरमा पछिल्ला दिनहरुमा आप्रवासीहरुको ठूलो भीड लाग्दै आएको छ ।

महामारीका समयमा अमेरिकाले आप्रवासीलाई सहजै सीमा पार गर्न दिएकाले त्यसैको आशामा ठूलो संख्यामा आप्रवासी मेक्सिको पुगेको बताइएको छ।

मेक्सिकाका राष्ट्रपति लोपेज ‌ओब्राडोरले आप्रवासीहरुले उनीहरुलाई निस्कासन गर्न लागेको भन्ने सूचनाका आधारमा उनीहरुले विरोधका लागि आफूहरुले प्रयोग गर्दै आएको गद्दामा आगो लगाएर विरोध शुरु गरेको बताए। पछि त्यही आगो फैलिएर त्रासदीपूर्ण घटना घटेको उनको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.