तीनै तहको चुनावमा एमालेलाई पत्तासाफ गरिन्छः प्रचण्ड

तीनै तहको चुनावमा एमालेलाई पत्तासाफ गरिन्छः प्रचण्ड

काठमाडौं । तीनै तहको चुनावसम्म गठबन्धन कायमै रहने र एमाललेलाई पत्तासाफ गरिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्।

गठबन्धनलाई पहिलो प्राथमिकता राखेर उनले तीनै तहको चुनावमा एमाले, माओवादी, समाजवादीलगायतका दलसंग तालमेल गर्ने बताए ।

गठबन्धन दलका शीर्ष नेतृत्वले गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म कायम राख्ने कुरामा द्विविधामा नहरेको भन्दै प्रचण्डले एमालेसँग एकता गरेका बेला माओवादी आन्दोलनलाई समाप्त पार्न देशीविदेशी शक्ति समेत षडयन्त्रमा लागेको जिकिर गरे ।

चुनावी अभियान अन्तरगर्त देश दौडाहमा रहेका उनले सङ्घीय समानुपातिक उपलब्धिलाई उल्ट्याउने सेटिङअन्तर्गत षडयन्त्र भएको बताए ।

 


Thali Mobile Pvt.Ltd.