गर्मीबाट जोगिन सुझाब

गर्मीबाट जोगिन सुझाब

काठमाण्डौ । काठमाण्डौको अधिकतम तापक्रम ३० डिग्री सेल्सियस नाघेको छ । केही दिन अघ आइतबार २९ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । विस्तारै देशका धेरै ठाउँमा गर्मी बढ्दै गएको छ । विराटनगर, जनकपुर, नेपालगञ्जलगायतका ठाउँमा पनि तापक्रम बढेको छ । तराई र चुरे क्षेत्रमा गर्मी धेरै नै हुन थालेको छ ।

केही दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने र प्रि–मनसुनको तीन महिना मार्च, अप्रिल र मे महिनामा गर्मी धेरै हुने भएकाले गर्मीबाट जोगिन मौसमविद्ले सुझाएका छन् । २४ घण्टामा काठमाण्डौको अधिकतम तापक्रम ३० दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ ।प्रि–मनसुनमा पश्चिमी वायुको प्रभाव नपर्ने भएकाले स्थानीय वायु विकसित भएर एक्कासी बादल लाग्ने र छोटो समयका लागि ह्वार्र पानी पर्ने अनुमान मौसमविद्ले गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.