काठमाडौं । थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।
अहिलेसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९ रहेको छ । २४ घण्टामा थप २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४ हजार ८५८ पुगेको छ । थप २४ जनाको संक्रमणका कारण मृत्यु भए छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ३ सय ६१ पुगेको छ ।
