भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दलहरू चुनावमा केन्द्रीत, शीर्ष नेता देश दौडाहामा

दलहरू चुनावमा केन्द्रीत, शीर्ष नेता देश दौडाहामा

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरू निर्वाचन लक्षित अभियानमा केन्द्रीत हुन थालेका छन् । विभिन्न कार्यक्रममार्फत जनतासँग जोडिने अभियान सुरु गरेका छन् ।

सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह निर्वाचन केन्द्रीत गतिविधिमा तीव्र सक्रियता देखाएका छन् ।

अन्य दलहरू पनि निर्वाचन केन्द्रीत कार्यक्रमसहित जनतामाझ जाने तयारी गरिरहेका छन् । कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित फागुन २९ देखि चैत २९ गतेसम्म १ महिने अभियान सञ्चालन गर्दैछ ।

अभियानको लागि कांग्रेसले केन्द्रीय प्रतिनिधिलाई जिल्ला खटाउने निर्णय गरेको छ । १ महिने अभियानका ८ उद्देश्य समेत तय गरेको कांग्रेसले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि अभियानमा परिचालन गर्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.