भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

दशैंका लागि १५ लाखले छोडे उपत्यका

दशैंका लागि १५ लाखले छोडे उपत्यका

काठमाडौं । दशैं मान्न करिब १५ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान ट्राफिक प्रहरीले गरेको छ। उपत्यका ट्राफिक कार्यालयका अनुसार उपत्यकाका चार नाकाबाट असोज २८ गतेयता बिहीबार बिहानसम्म ३ लाख ५० हजार यात्रु बाहिरिएका छन् ।

यात्रुको संख्या दैनिक वृद्धि हुने क्रममा छ । कार्यालयले जगाती, थानकोट, फर्पिङ र मुड्खुबाट बाहिरिने सवारीसाधनको रेकर्ड राख्ने गरेको छ । वर्षाका कारण सडक बिग्रिँदा यो वर्ष दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज रुपमा गन्तव्यमा पु¥याउन लागि चुनौती रहेको यातायात व्यवसायीहरुले बताएका छन्।

दशैंतिहारमा उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका यात्रुका लागि असोज २२ बाट सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइएको थियो । यसको अनुगमन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, लोत्से बहुउद्देश्यीय सहकारी तथा उपभोक्ता सम्बद्ध संस्थाले संयुक्त रुपमा गर्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.