भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

दशैंका लागि १५ लाखले छोडे उपत्यका

दशैंका लागि १५ लाखले छोडे उपत्यका

काठमाडौं । दशैं मान्न करिब १५ लाख यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिने अनुमान ट्राफिक प्रहरीले गरेको छ। उपत्यका ट्राफिक कार्यालयका अनुसार उपत्यकाका चार नाकाबाट असोज २८ गतेयता बिहीबार बिहानसम्म ३ लाख ५० हजार यात्रु बाहिरिएका छन् ।

यात्रुको संख्या दैनिक वृद्धि हुने क्रममा छ । कार्यालयले जगाती, थानकोट, फर्पिङ र मुड्खुबाट बाहिरिने सवारीसाधनको रेकर्ड राख्ने गरेको छ । वर्षाका कारण सडक बिग्रिँदा यो वर्ष दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज रुपमा गन्तव्यमा पु¥याउन लागि चुनौती रहेको यातायात व्यवसायीहरुले बताएका छन्।

दशैंतिहारमा उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका यात्रुका लागि असोज २२ बाट सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइएको थियो । यसको अनुगमन यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, ट्राफिक प्रहरी, लोत्से बहुउद्देश्यीय सहकारी तथा उपभोक्ता सम्बद्ध संस्थाले संयुक्त रुपमा गर्नेछन् ।

 


Thali Mobile Pvt.Ltd.