भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दसैँका लागि हजारौं खसी बोका ल्याइदै, घटस्थापनादेखि विक्रिवितरण गरिने

दसैँका लागि हजारौं खसी बोका ल्याइदै, घटस्थापनादेखि विक्रिवितरण गरिने

काठमाडौं । सरकारले यसवर्षका लागि ३ हजार खसी बोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसवर्षको दसैँका लागि ३ हजार खसी बोका ल्याउने निर्णय गरेको जनाएको छ ।

खसी बोका तथा च्याङ्ग्रा खरिद तयारी उपसमितिले यसका लागि ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । घटस्थापनाका केही दिनअघि काठमाडौँमा खरिद गरिएका खसी बोका तथा च्याङ्ग्रा काठमाडौँमा आउने छन् ।

घटस्थापनादेखि नै कम्पनीले विक्रिवितरण सुरु गर्ने जनाएको छ । गत वर्ष प्रतिकेजी ६ सय ४० रुपैयाँमा खसी बोका विक्री गरिएको भए पनि यसवर्ष भाउ बढाउने कम्पनीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.