दसैंमा राष्ट्रपतिले टीका लगाइदिने

दसैंमा राष्ट्रपतिले टीका लगाइदिने

काठमाडौं । दसैंको अवसरमा विशिष्ट व्यक्ति र सर्वसाधारणहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले टीका लगाइदिने भएका छन् ।

राष्ट्रपति कार्यालयबाट जारी प्रेस नोटअनुसार शीतलनिवासमा दिउँसो २ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ।

विशिष्ट व्यक्तिहरूलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म र सर्वसाधारणलाई ३ बजेदेखि ५ बजेसम्म टीका प्रसाद प्रदान गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विशिष्ट व्यक्तिमा सम्माननीयहरू, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश, संघीय संसदका सदस्य, संवैधानिक निकायका पदाधिकारी छन् ।

 


Thali Mobile Pvt.Ltd.