भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते | गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर | देशभर मनसुनी वायु सक्रिय, आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | कानुनविपरीत गतिविधिमा संलग्न ४७ विदेशी महिला नेपालबाट देश निकाला | नेपालमा पनि मनाइँदै विश्व डुबेर मृत्यु रोकथाम दिवस, जनचेतना बढाउन जोड | बाढी–पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध | वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित |

दुई किशोरी सामूहिक बलात्कारको शिकार, तीनजना पक्राउ

दुई किशोरी सामूहिक बलात्कारको शिकार, तीनजना पक्राउ

रुपन्देही । दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका ३ जना पक्राउ परेका छन् । १८ र १९ वर्षीया ती किशोरीलाई बलात्कार गरेका हुन ।

सैनामैना ११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोर पक्राउ परेको रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले बताए । आरोपीले घटनामा संलग्न थप ३ जनाको नाम बताएका छन् ।

फरार उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए । पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको छ।

कञ्चन गाउँपालिका २ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो।

 


Thali Mobile Pvt.Ltd.