भर्खरै : Sorry, your browser does not support inline SVG.
इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह | पालिकाहरूमा नीति कार्यक्रम र बजेट तर्जुमाको लागि स्थलगत सहजीकरण टोली गठन | जोहानेसबर्गमा गोलीबारी, कम्तीमा १२ जनाको मृत्यु |

दुबई जेलमा ४१ नेपाली सजाय भोग्दै

दुबई जेलमा ४१ नेपाली सजाय भोग्दै

यूएई । दुबईमा ४१ जना नेपालीले जेल जीवन बिताइरहेका छन । संयुक्त अरब एमिरेट्स यूएईको जेलमा रहेका नेपालीको अवस्थाबारे नेपाली दूतावास आबुधाबीले अध्ययन थालेको छ ।

जेलमा ३७ पुरुषसहित चार जना महिला छन् भने चार जना सजाय पूरा गरी नेपाल फर्किएका छन् ।दूतावास टोली जेल पुगेको केही दिनमै एक महिलालाई नेपाल फिर्ता पठाइसकेको छ ।

बाँकी १ जना महिलासहित २ पुरुष गरी ४ जनाले जेल सजाय पूरा गरी नेपाल फर्किएको दूतावासको जानकारीमा छ ।जेलमा रहेका नेपालीको अवस्था बुझ्न यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसहित श्रम काउन्सेलर निर्मला थापा, स्थानीय जनसम्पर्क अधिकृत इरफान आलम सेन्ट्रल जेलमा पुगेर जानकारी लिएका हुन ।

उनीहरुलाई लागेको आरोप वा मुद्दाका विषयमा दूतावासले गर्न सक्ने कानूनी सहजीकरण, कानूनी सजाय पूरा गरेर नेपाल फर्किनेलाई हवाई टिकटको व्यवस्था गर्ने योजना अनुरुप अभियान सुरु गरेको यूएईका लागि नेपाली राजदूतावासले जनाएको छ ।

जाँड रक्सी पिउने र झै – झगडा गर्ने तथा झगडाले उग्र रुप लिंदा हत्यासमेत भएका घटना यूएईमा भएका छन् । त्यस्ता काममा संलग्न केही अहिले पनि दुबईको जेलमा छन् ।

 


Thali Mobile Pvt.Ltd.