दूरसञ्चार संघको महासचिवमा पहिलो महिला निर्वाचित

दूरसञ्चार संघको महासचिवमा पहिलो महिला निर्वाचित

काठमाडौं । डोरेन बोगदान मार्टिन अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासचिवमा निर्वाचित हुने पहिलो महिला हुन् । आईटीयू संयुक्त राष्ट्रभित्रको दूरसञ्चार प्रविधि सम्बन्धी मुख्य संस्था हो ।

सन् १८६५ मा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ नेटवर्क व्यवस्थापन गर्न स्थापना भएको आईटीयुले हाल रेडियो, उपग्रह र इन्टरनेटको प्रयोगलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

यो संस्थाको जिम्मेवारी अब मार्टिनलाई दिइएको छ ।
मार्टिन आफ्ना रुसी प्रतिद्वन्द्वी राशिद इस्माइलोभलाई ११४ मतले जित्दै महासचिव पदका लागि निर्वाचित भएकी हुन् ।

यसअघि आईटीयूको दूरसञ्चार विकास ब्यूरोमा निर्देशकका रूपमा उनले काम गरिरहेकी थिइन् ।

शीर्ष पदका लागि उनको उम्मेदवारीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले समर्थन गरेका थिए ।

मार्टिनसँग डिजिटल परिदृश्य परिवर्तन गर्न आवश्यक इमानदारी, अनुभव र दृष्टि रहेको बाइडेनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.