कर्णाली । दैलेख क्षेत्र नं १ (क) प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका छन् । खत्री विजयी भएपछि कर्णालीमा कांग्रेसले खाता खोलेको छ ।
खसेको १९ हजार नौ सय ९८ मतमध्ये ९ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन।
रेग्मीले आठ हजार ७२ मत प्राप्त गरे । राप्रपाका उम्मेदवार हृदयराज शाहीले एक हजार ७९, नेमकिपाका जगतबहादुर वलीले पाँच सय १५ र स्वतन्त्र उम्मेदवार चित्रबहादुर खत्रीले एक सय ९८ मत पाएका छन् ।
छ सय ७० मत बदर भएको र ३५ हजार चार सय ९९ मतदाता भएको उक्त क्षेत्रमा १९ हजार नौ सय ९८ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेखले जनाएको छ ।
