भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दैलेख २ मा दिक्पाल शाही विजयी

दैलेख २ मा दिक्पाल शाही विजयी

दैलेख । क्षेत्र नम्बर २ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार दिक्पाल कुमार शाही निर्वाचित भएका छन् । बिहान सम्पन्न मतगणना अनुसार शाही २० हजार १ सय ५८ मत ल्याएर विजयी भएका हुन्।

निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याएर पराजित भए । पोखरेल ०७० मा संविधान सभा सदस्य बनेका थिए । विजयी शाही ०७४ मा २ (ख) मा एमालेका राजबहादुर शाहीसँग पराजित भएका थिए भने अहिले गठबन्धनको बलमा चुनाव जितेका हुन् ।

यो क्षेत्रमा ०४८ यता ६ वटा संसदीय चुनावमा कांग्रेसले २, नेमकिपाले १ र एमालेले तीन पटक चुनाव जितेको अवस्था छ । ०४८ मा कांग्रेसले जितेपनि ०५१ को मध्यावधि चुनाव नेमकिपाले जितेको थियो ।

०५१ मा नेमकिपाले जित्दा ०५६ मा पुनः कांग्रेसले चुनाव जितेको थियो । त्यस यता एमालेले चुनाव जित्दै आएको थियो ।

 


Thali Mobile Pvt.Ltd.